Shikhar Insurance

वाणिज्य बैंकहरुको इपीएस २२ रुपैयाँले घट्यो, सेयर आम्दानी कम हुने बैंकको मूल्य भने उच्च

कुन बैंकको कति ?
सिंहदरबार संवाददाता
२०७९ कार्तिक १६, बुधबार १७:५९
NIMB
Nabil Bank

काठमाडौं । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (इपीएस) ३.९० प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरुको कुल इपीएस २२ रुपैयाँले घटेको हो ।

गत आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको कुल इपीएस ५ सय ६४ रुपैयाँ ०९ पैसा थियो भने चालु आवको सोही अवधिमा ५ सय ४२ रुपैयाँ ०९ पैसा कायम भएको छ । औषतमा भने वाणिज्य बैंकहरुको इपीएस गत आवको पहिलो त्रैमासमा २१ रुपैयाँ ७० पैसा कायम हुँदा चालु आवको सोही अवधिमा २० रुपैयाँ ८५ पैसा कायम भएको छ । सो अवधिमा वाणिज्य बैंकहरुको औषत इपीएस नै ८५ पैसाले घटेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा अधिकांश वाणिज्य बैंकहरुको इपीएस घटेको छ । जसमा ९ वटा बैंकको मात्रै इपीएस ०७ पैसादेखि २० रुपैयाँसम्मले बढ्दा १७ वटा बैंकको इपीएस २४ पैसादेखि १६ रुपैयाँ ५२ पैसासम्मले घटेको छ ।

गत आवको पहिलो त्रैमासमा कायम इपीएसमा ९ वटा वाणिज्य बैंकले ०.७६ प्रतिशतदेखि ७४.५५ प्रतिशतसम्मले वृद्धि गर्दा १७ वटाको भने १.०७ प्रतिशतदेखि ९०.९७ प्रतिशतसम्मले घटेको हो ।

जसमा सबैभन्दा बढी एपीएस परिमाणको आधारमा एनआइसी एसिया बैंकको र प्रतिशतको आधारमा कुमारी बैंकको बढेको छ भने घट्नेमा परिमाण र प्रतिशतकै आधारमा सबैभन्दा सनराइज बैंकको घटेको हो ।


प्रतिसेयर आम्दानी भनेको के हो?

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । सर्वसाधारण लगानीकर्तालाई प्रतिफल दिने आधार पनि हो । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ ।

जस्तै, कुनै कम्पनीको एक वर्षको आम्दानी १ हजार रुपैयाँ छ र कम्पनीको सेयर संख्या १ सय छ भने कम्पनीको एक कित्ता सेयर बराबरको आम्दानी भनेको १० रुपैयाँ हुन आउँछ । उक्त आम्दानीमा पनि कम्पनीले निश्चित रकम जगेडा कोषमा राख्छन् । त्यसैले प्रतिसेयर आम्दानी जति धेरै भयो, त्यति नै राम्रो मानिन्छ ।

बैंकहरुको प्रतिसेयर आम्दानी थोरै हुँदा प्रतिसेयर मूल्य बढी

कुनैपनि कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ र त्यो कम्पनीको प्रतिसेयर आम्दानी कति छ हेरेर मात्र लगानी गर्नु पर्ने हुन्छ ।

लगानी गरिने कम्पनीको प्रतिसेयर आम्दानीको मुल्यांकन नै नगरी लगानी उचित प्रतिफल पाइन्दैन । कम्पनीको मुल्यांकन नै नगरी लगानीकर्ताले सेयरमा लगानी गर्दा थोरै प्रतिसेयर आम्दानी भएका कम्पनीहरुको समेत बजारमा धेरै मूल्य पुगिसकेको छ । यसले गर्दा लगानीकर्ताले लगानी अनुसारको प्रतिफल नपाउने जानकारहरु बताउँछन् ।

पछिल्लो समय थोरै प्रतिसेयर आम्दानी भएका बैंकहरुको समेत सेयर मूल्य भने उच्च रहेको छ । ०७९ काक्तिक १५ गतेसम्मको प्राप्त तथ्यांक अनुसार सो समयमा सबैभन्दा बढी सेयर मूल्य नबिल बैंकको छ । जबकी बैंकको प्रतिसेयर आम्दानी भने ०७९ असोज मसान्तसम्म २७ रुपैयाँ ५३ पैसा छ ।

चालु आवको असोज मसान्तसम्म सबैभन्दा थोरै प्रतिसेयर आम्दानी भएको सनराइज बैंकको सेयर मूल्य आधा दर्जन वाणिज्य बैंकको भन्दा बढी छ । असोज मसान्तमा सनराइजको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६४ पैसा कायम छ तर, असोज १५ गते बैंकको सेयर मूल्य २ सय ४ रुपैयाँ थियो । जुन प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३४ पैसा भएको सेञ्चुरी, १४ रुपैयाँ १२ पैसा भएको सिटिजन्स, २७ रुपैयाँ २३ पैसा भएको कुमारी, र १८ रुपैयाँ ३८ पैसा भएको एनसीसी बैंकको सेयर मूल्य भन्दा बढी हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको बीग मर्जरको नीति लिएपछि पछिल्लो समय बजारमा मर्जरको चर्चा चुलिएको छ । कमजोर वित्तीय अवक्षा र लगानीको प्रतिफल दिने क्षमता कम भएका बैंकहरुको मर्जर बलियो बैंकसँग चल्दा हल्लाको पछि लाग्ने लगानीकर्ता सेयर खरिद चाप बढाइर मूल्य बढाएको जानकारहरु बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्