Shikhar Insurance

एनसीसी बैंकको साधारणसभा स्थगन गर्न निर्देशन

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार ११:३०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल क्रेडिट एण्ड क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकलाई निर्वाचन आयोगले साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । आयोगले बैंकले बोलाएको मंसिर २ गतेको वार्षिक साधारणसभा स्थगित गर्न निर्देशन दिएको हो ।

सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका व्यक्तिसमेत सञ्चालक रहेको भन्दै आयोगले एनसीसी बैंकको मङ्सिर २ गते काठमाडौँमा सम्पन्न हुने गरी बोलाइएको साधारण सभालाई मौन अवधि सुरु भइसके भन्दै स्थगित गर्न भनेको हो । मौन अवधि सुरु भइसकेकोपछि पछि ठूलो सङ्ख्यामा मानिस भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरसमेतको व्यवस्था गर्न लागेको उजुरी परेपछि आयोगले सभा रोक्न निर्देशन दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

निर्वाचन आचारसंहिता विपरीत त्यसरी साधारणसभा गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुका साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्नसक्ने भएकाले आयोगले निर्देशन आयोगले उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्