Shikhar Insurance

वेस्टर्न युनियनका सुनपती अभियानको बम्पर ‘लक्की ड्र’ मा रेविका सुनुवार

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार १२:५९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले दस तोला सुन विजेताको नाम सार्वजनिक गरेका छन् । कम्पनीले दशैँ लक्षित ल्याएको सुनपती अभियानको विजेता रेविका सुनुवार भएकी हुन् । उनले बम्पर ‘लक्की ड्र’ मार्फत १० तोला सुन जितेकी छिन्।

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालमा २५ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी दस तोला सुनपती, दस हप्तासम्म उपहार कति कति अभियान शुरु गरेको थियो । दस तोला सुनबाहेक भाग्यशाली विजेताहरुले प्रत्येक हप्ता, दस हप्तासम्म लक्की ड्रबाट दस दस जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन् । अभियानमा अहिलेसम्म ३०० विजेताले उल्लेखित पुरस्कारहरु प्राप्त गरेका छन् ।

वेस्टर्न युनियनले सन् १९९६ देखि विश्वका २०० देशहरु बाट पैसा पठाउन र नेपालमा प्राप्त गर्ने सेवा दिदैँ आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्