Shikhar Insurance

‘भ्रष्टाचार र कालोधन निस्तेज पार्न पाँच सय र हजार दरका नोट खारेज गरि नयाँ छापौं’-बैंकर शाह

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १६, मंगलवार १२:५३
NIMB
Nabil Bank

काठमाडौं । ३१ बर्ष भन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताएका पूर्व बैंकर अनिल केशरी शाहले पाँच सय र हजार दरका पुराना नोट खारेज गरि नयाँ छाप्न प्रस्ताव गरेका छन् । सिंहदरबार डटकमसँग बिशेष कुराकानी गर्दै पूर्व सिईओ शाहले अहिले चलन चल्तिमा रहेका पाँच सय र हजार दरका नोट खारेज गरेर नयाँ छाप्नुपर्ने बताएका हुन् । त्यस्तो हिम्मत कसै गरेमा देशको अर्थतन्त्रलाई औपचारिक बनाउन र भ्रष्टाचार नियन्त्रण गर्न र कालोधन निस्तेज पार्न ठूलो मदत पुग्ने उनको विचार छ ।

उनले हाल बजारमा रहेका पाँच सय र हजार दरका नोट साट्नका लागि निश्चित समय सिमा तोकिदिनुपर्ने धारणा पनि अघि सारे । ‘हजार र पाँच सयका नोट चेञ्ज गरौं न । गुलाबी रंगको निकालौं । र समय दिऔं ६ महिना साट्नका लागि । बैंकबाट साटौं । कसैसँग पाँच अर्ब नगद घरमै रहेछ भने त्यो शुन्य बन्छ । त्यत्रो पैसा कहाँबाट आयो भन्ने प्रश्न उठ्छ । बैंकमा एएमएल र केवाइसी भरेर मात्रै नयाँ नोट लिन पाउन बनाऔं ।’ शाहले भनेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले देशमा बनाउन कसै न कसैले आँट गर्नुपर्नेमा पनि जोड दिए । हजार र पाँच सयका पुराना नोटको सट्टा नयाँ नोट छाप्दा नेपाली नागरिकलाई कुनै समस्या नपर्ने पनि उनले दावी गरेका छन् । एक व्यक्तिले नागरिकता देखाएर हजार र पाँच सयका पुराना नोट पचास लाख रुपैयाँसम्म साट्न सक्ने व्यवस्था गर्न सकिने सुझाव पनि दिए । ९८ प्रतिशत नागरिकले यो सुबिधाबाट लाभ लिन सक्ने बताए । घरमा अरबौं खरबौं राख्ने एक दुई प्रतिशतलाई मात्रै अप्ठेरो पर्ने उनको निष्कर्ष छ । सरकारले कसको हित हेर्ने भन्नेबारे स्पष्ट हुनुपर्ने शाहको तर्क ।

भारतमा पाँच सय र हजार दरका नोटबन्दी गर्ने निर्णयले भारतीय अर्थतन्त्रलाई प्रणालीमा ल्याउन, डिजिटलाइजेशनमा लैजान भूमिका खेलेको पनि बताए । नेपालमा पनि पाँच सय हजार दरका पुराना नोटको साटो नयाँ नोट पठाउन सकिए समानान्तर अर्थतन्त्र बन्द हुने र सबै कुरा सरकारको निगरानीमा आउन सक्ने दावी पनि गरे ।

शाहसँगको विस्तृत भिडियो अन्तरवार्ता सिंहदरबार डटकम र युट्युब च्यालन सिंहदरबार टिभीमा शिघ्र प्रसारण हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्