Shikhar Insurance

नबिल बैंकमा ऐन मिचेर उपाध्यक्ष, राष्ट्र बैंक भन्छः ‘हामी हेर्छाैं’

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २२, सोमबार १९:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लिडर दावी गर्ने वाणिज्य बैंक ‘नबिल बैंक’ले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) उल्लंघन गरेको पुष्टि भएको छ । बैंकले बाफियाले परिकल्पना नै नगरेको संचालक समितिमा उपाध्यक्षको पद सिर्जना गरी ऐन उल्लंघन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नबिलको मुख्य लगानीकर्ता चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका छोरा निर्वाण चौधरीलाई बैंकले संचालकमा नियुक्त गर्दै उपाध्यक्षको कार्यभार दिएको छ । उनी २०७५ साल मंसिरदेखि नै चौधरी ग्रुपको तर्फबाट बैंकको संचालक थिए । त्यसयता संचालक चौधरीलाई उपाध्यक्षको रुपमा चिनाउँदै आएको छ । बैंकका विभिन्न प्रकारका कार्यक्रममा पनि चौधरी उपाध्यक्षकै जिम्मेवारी बहन गर्दै सहभागी भैरहेका हुन्छन् । बैंकको वेव साइटमा पनि संचालक समिति सदस्यहरुको सूचिमा निर्वाण चौधरीलाई उपाध्यक्षकै रुपमा राखिएको छ ।

बंगलादेश बैंक प्राप्तिपछिको एकिकृत कारोबार समारोहमा पनि निर्वाण चौधरीलाई नबिल बैंकले उपाध्यक्ष कै रुपमा उभ्याएको थियो । जबकी बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन बाफियाले उक्त पदको परिकल्पना नै गरेको छैन ।

ऐनले परिकल्पना नै नगरेको उपाध्यक्ष पदको कार्यभार सम्हालेका चौधरीको जिम्मेवारी कानुन विपरित पुष्टि हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले समेत यस विषयमा आफु जानकार नभएको बताएको छ । बाफियामा बैंक तथा वित्तीय संस्थाले कार्यकारी अधिकृत (सीइओ) नियुक्त गर्दा राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने र अध्यक्षले राष्ट्र बैंक समक्ष पद तथा गोपनीयता शपथ लिनु पर्ने व्यवस्था छ । साथै, बैंक वा वित्तीय संस्थामा नियुक्त भएको प्रत्येक सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारीले आफ्नो पदको जिम्मेवारी सुरु गर्नु अघि पद तथा गोपनीयताको शपथ लिनु पर्ने व्यवस्था छ ।

उक्त व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थामा सीइओ र अध्यक्ष नियुक्त बाहेक अन्य पदका कर्मचारी र संचालकहरुको विस्तृत विवरण थाहा नहुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । ‘सीइओ र अध्यक्षदेखि बाहेक अन्य पदका कर्मचारी र संचालकबारे यहाँ थाहा हुँदैन, बाफियामा नभएको पद राखिएको भए बैंक सुपरिवेक्षण विभागलाई हेर्न भन्छौं ।’–प्रवक्ता भट्टले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्