Shikhar Insurance

विदेशमा हुने नेपाली कामदारले पठाए एक महिनामै १ खर्ब रेमिट्यान्स, ७ महिनामा ६ खर्ब ८९ अर्ब बढी

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २८, आईतवार १३:४४
NIMB
Nabil Bank

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले पठाउने पैसा अर्थात् रेमिट्यान्स एक महनिामै १ खर्ब ४ अर्ब ८० करोड रुपैयाँले घटेको छ । गत पुस मसान्तसम्म नेपालमा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

जुन एक महिनामै बढेर ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक वित्तीय मुलुकको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले देखाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७.१प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४‍.४ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६‍.४ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार सात सय ६७ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७ सय ८ बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ६५‍‍.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ५९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्