Shikhar Insurance

राष्ट्र बैंकको निर्देशनपछि निफ्राबाट चन्द्र ढकालले दिए राजीनामा

सिंहदरबार संवाददाता
२०७९ चैत्र ८, बुधबार १३:२१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको सञ्चालक समिति सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनपछि ढकालले निफ्राको सञ्चालक समिति सदस्य पद त्यागेका हुन् । उनी आइएमई ग्रुपका तर्फबाट निफ्राको बोर्डमा थिए । ग्लोबल आइएमई बैंक सञ्चालक समितिको अध्यक्ष रहेका उनी निफ्राको बोर्डमा बस्न नमिल्ने व्यवस्था थियो । सिंहदरबारले स्वार्थ बाझिने गरि निफ्राको बोर्डमा ढकाल बसेको भन्दै समाचार लेखेपछि राष्ट्र बैंकले ध्यानाकर्षण भएको बताएको थियो । ग्लोबल आइएमई र निफ्रा दुबै नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त संस्था हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

स्वार्थ बाँझिने गरी निफ्रा र ग्लोबल आइएमई बैंकको बोर्डमा चन्द्र ढकाल, हटाउने तयारीमा राष्ट्र बैंक

GBIME

प्रतिक्रिया दिनुहोस्