Shikhar Insurance

खुल्लम खुल्ला भन्सार छेउबाटै समान पास गर्ने, भ्याट छल्ने काम भैरहेका छन्ः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७९ चैत्र २०, सोमबार २०:१७
NIMB
Nabil Bank

सबैले आ आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्छ । तमाम कारणले अर्थतन्त्र प्रभावित भएको छ । अर्थतन्त्र चलायमान भैरहेको छैन् । कृषि, उर्जा, पर्यटन, उत्पादन, निर्माण, रियल सेक्टर जस्ता क्षेत्रहरुमा मन्दि तिर उन्मुख छ । मन्दि उन्मुख अर्थतन्त्रलाई हामीले रिभर्स गर्नुपर्नेछ । निरासा उन्मुख अर्थतन्त्रलाई आशा रुपान्तरिक गर्नुपर्नेछ । यो औपचारिकता पुरा गर्ने समिति मात्रै होइन, यसले गतिशिल भएर काम गर्नुपर्छ । राजश्व चुहावटमा कुनै पनि मुलाहिजा लाई छुट दिने छैनौं । डिमाण्ड घटेपछि आयात घटेको होला तर कतिपय आयात फर्मल च्यालनबाट आईरहेको छैन्

। इन्फर्मल च्यानलबाट आईरहेको छ । भन्सार छ तर छेउबाटै समान पास भैरहेका छन् । कृष्ण नगर भन्सारको छेउबाट समान पास भैरहेका सूचनाहरु आईरहेका छन् । त्यसकारण सुरक्षा निकाय र अर्थ मन्त्रालयको भन्सारका कर्मचारीहरुका बीचमा उच्च तहको समन्वय हुनुपर्छ । प्रहरीले भन्सारका कर्मचारीलाई अटेरी गर्ने, कर्मचारीले प्रहरीलाई अटेरी गर्ने अवस्था छ । भन्सारका कर्मचारीले बदमासी गरेको देखियो भने प्रहरीले जानकारी दिए हुन्छ, हामीलाई भन्नुस, कारवाहीमा कुनै कप्रोमाइज हुन्न ।

Citizen Life
Kumar Bank
Nepal Life

भन्सार र सुरक्षा निकायसँगै बस्न नचाहेको जस्तो देखियो । त्यसको पनि समाधान गर्नुपर्छ । नाकाहरुमा तत्काल सुरक्षा निकायले सहयोग गर्ने वातावरण बन्नु पर्छ । अन्तराष्ट्रिय विमानस्थलमा पनि भन्सार र सुरक्षा निकायबीच समन्वयको अभाव छ भन्ने सुनिएको छ । आन्तरिक राजश्वको कुरा पनि गम्भिर छ । भ्याटमा चुहावटका कुरा आएका छन् । लामो समयपछि भ्याट घटेको भन्ने आयो । बिशेष ख्याल गर्नु होला । अनावश्यक रुपमा कसैलाई दुःख दिने कुरा हुन्न तर जहाँनिर नियम उल्लंघन गरिएको छ, त्यहाँ छाड्ने कुरा हुन्न ।

कर प्रशासनमा प्रबिधिको प्रयोगलाई उच्चतम बिन्दुमा पुर्याउनुपर्छ । सीसीटिभीहरुको सहि उपयोग होस् । त्यसमा उच्च तहको निगरानी हुनुपर्छ । लेख्ने कुरा महत्वपूर्ण कुरा होइन, कार्यान्वयन महत्वपूर्ण हो । माथिदेखि तलसम्म समन्वय र जिम्मेवारीका साथ काम गरौं । हाम्रो राजश्वले कर्मचारी पाल्न पनि पुग्ने स्रोत पनि जुटाउन सकिएको छैन् । विकासका लागि विदेशबाट पैसा ल्याउनुपर्ने हो । तर अहिले त तलब खान पनि विदेशबाट ऋण ल्याउनुपर्ने अवस्था आईसकेको छ । आन्तरिक ऋण उठाएर तलब खानुपर्ने अवस्था रहेछ । त्यस्तो ऋणको पनि ब्याज तिर्नुपर्छ नै । त्यसकारण म भन्छु, अब कठोर भएर, समन्वय गर्दै कार्यान्वयनमा जाऔं । (केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री डा. महतले गरेको सम्बोधनको सम्पादित अंश)

 

GBIME

प्रतिक्रिया दिनुहोस्