Shikhar Insurance

कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुई मोटरेबल पुल निर्माण

सिंहदरबार संवाददाता
२०७९ चैत्र २१, मंगलवार ११:३८
NIMB
Nabil Bank

पर्वत । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन् ।

करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ जोड्ने गरी सेतीखोलामा तथा स्याङ्जा खण्डको १० किलोमिटर सडकमध्ये कालीगण्डकी गाउँपालिका–७ र गल्याङ –५ जोड्ने गरी आँधीखोलामा पुल निर्माण गरिएको आयोजनाका इञ्जीनियर पवित्रमणि आचार्यले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

आँधीखोलाको पुल निर्माण गर्न रायमाझी/राजेश्वरी/पिटीआर अधिकारी जेभीले विसं २०७७ असार ३० गते सम्झौता गरेको थियो । ५० मिटर लम्बाइको सो पुल ९ करोड ६२ लाख ७९ हजार ९३.२९ मा बनेको हो । यस्तै सेतीखोलामा निर्माण भएको ‘ट्रस्टब्रिज’ मुक्तिनाथ÷सुयान जेभीले ५ करोड ८६ लाख ८२ हजार ९८.१६ मा पुल निर्माण गरेको हो ।

यस्तै करिडोरअन्तर्गत पाल्पा–गुल्मी–बागलुङ खण्डको कालोपत्र गरिरहँदा पर्वत–स्याङ्जा खण्डमा निर्माणले तीव्रता पाएको छ । सो खण्डको ५३ किमीमा स्याङ्जा खण्डमध्ये मिर्मी–सेतीबेनी सडकको ७ किमी महादेव खिम्ती÷अन्जना÷पराजुली जेभी लमजुङले निर्माणको जिम्मा लिएको थियो ।

करिडोरको पर्वत खण्डमा ४३ किमी र स्याङ्जामा १० किमी पर्दछ । पर्वत खण्डमा ६ किमी कालोपत्र हुँदा १७ किमी कालोपत्रको अन्तिम तयारीमा रहेको छ । थप २० किमीको ठेक्का निकाल्ने तयारीमा रहेको इञ्जीनियर आचार्यले बताए। करिडोरको पर्वत–स्याङ्जा खण्डको मिर्मी, सेतीबेनी, रानीपानी, कुर्घा, फलेवास, अर्मादी खण्डको सडक निर्माणले पर्वतको कालापानी भनेर चिनिने दक्षिण क्षेत्रका लाखौँ नागरिक लाभान्वित हुने भएका छन् । करिडोर हुँदै बुटवल, पाल्पा, नारायणगढ, मुस्ताङ र सदरमुकाम कुश्मा जाने यात्रुलाई समेत सहज हुने भएको छ ।

निर्माण कम्पनीले सडक चौडा गर्ने, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गर्ने गरी विसं २०७७ भदौ १२ गते सझौता गरेको थियो । २१ करोड ९८ लाख ६ हजार १ सय ९० मा साढे दुई वर्षमा सक्ने गरी सम्झौता भएकामा ५० प्रतिशतमात्र काम भएको उनले बताए ।

विस्फोट गरेर बाटो निर्माण गर्नुपर्ने हुँदा काममा केही ढिलाइ भएकाले एक वर्ष समय थपेर काम अगाडि बढाइएको उनले बताए। यस्तै मिर्मी–सेतीबेनी सडककै तीन किमी काष्ठमण्डप/कली/मनकामना जेभीले ८ करोड ८६ लाख ८७ हजार ७ सय ७१ मा सम्झौता गरेको छ । विसं २०७७ माघ ७ गते सडक चौडा, नाली निर्माण, टेवा पर्खाल र कालोपत्र गरी ३० महिनामा सक्ने गरी निर्माण कम्पनीले सम्झौता गरेकामा ६५ प्रतिशत काम सकेको आयोजनाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्