Shikhar Insurance

यस वर्ष एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताका हात खाली

सिंहदरबार संवाददाता
२०७९ चैत्र २८, मंगलवार १३:५६
NIMB
Nabil Bank

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुको यस वर्ष हात खाली हुने भएको छ ।

बैंकले गत आर्थिक वर्ष ०७८/७९ को  मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यस बैंकले गत वर्ष  कुल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश रहेकाे थियाे ।

GBIME

प्रतिक्रिया दिनुहोस्