Shikhar Insurance

३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत, कुनको कति?

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३०, बिहीबार १६:०६
NIMB
Nabil Bank

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । बिहिबार महालक्ष्मी विकास बैंक, यूनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

महालक्ष्मी विकास बैंकको ४ प्रतिशत, यूनियन लाइफ इन्स्योरेन्सको ८.९७ प्रतिशत र पोखरा फाइनान्सको ४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । यी कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई सो दरमा बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर बिहिबार नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३.३१ कित्ता, यूनियन लाइफ इन्स्योरेन्सको १९ लाख २८ हजार ५५० कित्ता र पोखरा फाइनान्सको ४ लाख १६ हजार ३६७.९२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यी कम्पनीहरुको उक्त सूचिकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा आएपछि दोस्रो बजारमा खरिदबिक्री गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्