Shikhar Insurance

थप १३ ब्रोकरले पाए एलओआई, सूचिसहित

सिंहदरबार संवाददाता
२०८० बैशाख २१, बिहीबार ०९:०३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ वटा ब्रोकर कम्पनीहरुलाई आसय पत्र(एलओआई) प्रदान गरेको छ । बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले थप १३ वटा कम्पनीहरुलाई एलओआई दिने निर्णय गरेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

बोर्डले यस अघि १६ वटा कम्पनीलाई लाइसेन्स दिने गरि आसयपत्र दिएको थियो । बोर्डले सिमित कार्य सञ्चालन गर्ने गरि २० करोड चुक्ता पुँजी भएका आवेदकहरुलाई लााइसेन्सका लागि एलओआई दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संसोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । हाल ५० वटा ब्रोकरहरुले सेवा दिईरहेका छन् ।

धितोपत्र बोर्डले गत २ असोज २०७९ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्ड लाइसेन्सलाई ‘ओपन इन्ट्री ओपन एक्जिट’ को व्यवस्थासहित नियमावली संशोधन गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो । तोकिएको ३० दिनको अवधीमा ४५ वटा आवेदन परेका थिए ।

एलओआई प्राप्त गरेका कम्पनीले पूर्वाधार तयार गर्न पत्र प्राप्त भएको मितिले ६ महिनामा पूर्वाधार तयार गरीसक्नुपर्ने हुन्छ ।

कम्पनीले पूर्वाधार तयार गरेर बोर्डमा जानकारी प्राप्त भएको ३० दिन भित्र धितोपत्र दलाल र धितोपत्र व्यापारीले तयार गरेको पूर्वाधार सम्बन्धमा बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गरी पूर्वाधार पर्याप्त भएमा व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।

१६ ब्रोकरलाई एलओआई दिने बोर्डको निर्णय, क-कस्ले पाए?

लाइसेन्स प्रणालीमा नयाँ युग आरम्भ भयोः अध्यक्ष हमाल

GBIME

प्रतिक्रिया दिनुहोस्