Shikhar Insurance

नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार १४:२८
NIMB
Nabil Bank
काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका ५० जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।
टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दीपेन्द्रसिंह खत्री, अमल्दार शङ्कर कुँवर र प्युठ किशोर जबेगु आज बिहान १०ः०५ बजे सगरमाथाको चुचुरोमा पुगेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ ।
उनीहरुसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पालगायत ५ जना शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन् । यसअघि गत बैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन्।
गत चैत १४ गते जङ्गी अड्डामा आयोजित ‘फल्याग अफ सेरेमोनी’मा प्रधानसेनापति प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी सफा हिमाल अभियान सुरु गरिएको थियो ।
उक्त अभियानबाट करिब ३५ हजार किलो फोहर संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म ३२ हजार तीन सय ११ किलो फोहर संकलन भइसकेको छ । यो अभियान विश्ववातावरण दिवसमा समापन हुने निर्देशनालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्