Shikhar Insurance

सेजमा उद्योग राख्न सकिएमा लागत घटाउन सकिन्छः पाण्डे

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २, मंगलवार १८:०५
NIMB
Nabil Bank

काठमाडाैं । नेपाल उद्योग परिसंघले राजधानीमा आज आयोजना गरेको ‘मेक इन नेपाल’ स्वदेशी समिटमा आफ्ना धारणा राख्दै नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे भने- नेपाल सरकारले आयात प्रतिस्थापन र निर्यात वृद्धिको लक्ष्य लिएको छ त्यसको तुलनामा अपेक्षित उद्योग दर्ता हुन सकेको छैन । नेपालमा श्रम लागत पनि उच्च छ भने दक्ष जनशक्ति पनि पाउन कठिन छ । यस्तो अवस्थाको परिवर्तनका लागि कामहरु गर्नुपर्ने छ । यसकै लागि परिसंघले सरकारसँग सहकार्य गरेर मेक इन नेपाल अभियान अगाडि बढाएको हो ।

२०२६ मा हामी एलडीसीबाट ग्रयाजूएसन हुँदै छौं त्यसका लागि पनि उत्पादन बढाउनुपर्ने चुनौती र अवसर दुवै छ । रियलस्टेटको कष्ट धेरै उच्च छ । सेजमा उद्योग राख्न सकिएमा धेरै लागत घटाउन सकिन्छ । हामीले केही पीपीपी मोडलमा गएर काम गरौं भनेर प्रस्ताव पनि गरेका छौँ । काुननी दायरमा रहेर कसरी परियोजनालाई भायवल बनाउन सकिन्छ त्यसमा काम गर्नुपर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अन्तर्राष्टिय बजारमा नेपाली उत्पादन कसरी अगाडि बढाउन सकिन्छ र आयात कसरी प्रतिस्थापन गर्न सकिन्छ त्यसमा सरकार र निजी क्षेत्र सबैको ध्यान जानु जरुरी छ । भारतमा उद्योगको क्षमता बढाउन गरिएका प्रयासबाट पनि धेरै कुरा आत्मसाथ गर्न सक्छौं । हामीले यसका लागि बजेटमा पनि सुझावहरु पेस गरेका छाैं ।

GBIME

प्रतिक्रिया दिनुहोस्