Shikhar Insurance

सके ओलीलाई जोगाउने, नत्र माधव नेपाल प्रधानमन्त्री

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २७, बिहीबार १७:३३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने सम्भावना बढ्दै गएको छ । पार्टी भित्रै बामपन्थी सरकार जोगाउनुपर्ने धारणा उठेपछि बरिष्ठ नेता नेपाल प्रधानमन्त्री बन्ने सम्भावना बढेको हो ।

सके ओली नेतृत्वको सरकार जोगाउने त्यो सम्भव नभए नेपाललाई अघि सार्न सकिने सम्भावना बारे छलफल अघि बढेको हो । एमालेले यतिबेला ओली नेतृत्वको सरकारलाई जोगाउने रणनीति अख्तियार गरेको छ । बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल समुहले पनि वर्तमान सरकारलाई जोगाउन लाग्ने बताउँदै आएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै सम्भव नभएमा पार्टीभित्रबाटै अर्काे विकल्प अघि सार्नुपर्नेमा ओली र नेपाल दुबै पक्षका नेताहरुको मत रहेको छ । ‘ओली नेतृत्वको सरकारलाई जोगाएर जनपक्षिय काम गर्ने तर्फ लाग्ने तर त्यस्तो सम्भव नभएमा बामपन्थी सरकार निर्माणका लागि पार्टीभित्रैबाट विकल्प खोज्नुपर्ने मत बलियो बन्दै गएको छ’, एक केन्द्रिय नेताले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्