Shikhar Insurance

शुक्रबार सुनकाे मूल्य प्रतिताेला ५ सयले घट्यो, कतिमा हुँदैछ काराेबार?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १२, शुक्रबार १२:२४
NIMB
Nabil Bank

काठमाडाैं। नेपाली बजारमा शुक्रबार सुन प्रतिताेला ५ सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य ५ रूपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्