Shikhar Insurance

पुँजीगत लाभकरमा अझै ‘ग्रे एरिया’, व्यावसायिक र पटकेको सीमा के हो ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १७, बुधबार २२:५५
NIMB
Nabil Bank

काठमाडौं । आन्तरिक राजश्व विभागले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरबारे स्पष्ट पार्ने प्रयास गरेको छ तर त्यसमा अझै ‘ग्रे एरिया’ कायमै छ ।

विभागले बुधबार विज्ञप्ति निकाल्दै ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम कर भएको बताएको छ । विभागले पटके रुपमा कारोबार गर्नेहरुलाई पुरानै दर कायम रहेको बताएको हो । तर व्यवसायीक रुपमा कारोबार गर्नेहरुका लागि भने आर्थिक बिधेयकमा प्रस्ताव गरिएको अधिकतम ३९ प्रतिशतसम्म कर लगाउने भनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर बिभागले पटके र व्यवसायीक कारोबारीहरु छुट्याउने आधारबारे भने स्पष्ट पारेको छैन् । ‘विभागले फेरि पनि ग्रे एरिया राखेर पछि जुनसुकै समयमा दुःख दिन सक्ने अवस्था कायमै गरेको छ । पटके र व्यवसायीक भनेको कति कति हो ?’ एक लगानीकर्ताले सिंहदरबारसँग भने ।

सरकारले आर्थिक बिधेयकको २९ नम्बर बुँदमा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायीक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्था गरेको छ । जसमा लेखिएको छ–‘प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६र७७ देखि २०७८र७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकार ऐन २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम संवत २०८० साल चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर शुल्क तथा ब्याज मिनाहा हुनेछ । यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आर्थिक वर्षहरुको कर शुल्क तथा ब्याज मिनाहा हुनेछ ।’

बैंक र सेयर बजार डुबाउने बजेटका तीन बुँदा, कसले फसायो अर्थमन्त्रीलाई ?

राजश्वका हाकिम भन्छन्ः चित्त नबुझे अदालत गए हुन्छ

GBIME

प्रतिक्रिया दिनुहोस्