Shikhar Insurance

सुनकोसीमा जिप खस्दा तीन बेपत्ता

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १९, शुक्रबार १३:४६
NIMB
Nabil Bank

सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ। आज जिप नदीमा खस्दा जिपमा सवार तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जिप काठमाडौंबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

जिपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोसी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए।

गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्