Shikhar Insurance

सेयर बजारमा फेरी छलाङः ६३ अंकले बढेको बजारमा झण्डै ६ अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७७ चैत्र ८, आईतवार १५:५५
NIMB
Nabil Bank

काठमाडौं । आइतबार सेयर बजारले छलाङ मारेको छ । नेप्से परिसूचक ६३.३८ अंकले बढ्दा ५ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । २०६ कम्पनीको एक करोड २४ लाख ३० हजार २ कित्ता सेयर किनेबेच भएको हो ।

आइतबार नेप्सेका सबै परिसूचकहरु उकालो लाग्दा बजार २५३८.४६ अंकमा पुगेर रोकिएको छ । नेपाल बंगलादेश बैंकको ३९ करोड, नेपाल लाइफको ३१ करोड, निफ्राको २१ करोड र अपर तामाकोशीको १५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नविल बैंक र नेपाल पुनर्बीमा कम्पनीको भने १३।१३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्