Shikhar Insurance

सामाजिक सञ्जालमा यसरी नेपालबाटै गर्न सकिन्छ ५,००० डलर सम्मको बुस्ट !

सिंहदरबार संवाददाता
२०७७ चैत्र ९, सोमबार ०९:४८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा बुस्ट गर्न चाहनेका लागि विशेष छुटसहित नयाँ व्यवस्था गरेको छ । जसअनुसार ५ हजार डलर बराबरको बुस्ट गर्न सकिन्छ ।

राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरुले डलर प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ । जसमार्फत् बैंकका खाताबाहकले विदेशी वस्तु तथा सेवा खरिद गर्दा खर्च गर्न सक्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

व्यवस्था अनुसार वस्तु तथा सेवा खरिदवापतको भुक्तानीका लागि ५ सय डलरसम्म सोही प्रिपेड कार्डबाट तिर्न सकिन्छ ।

तर, यस्तो खर्चबाट विदेशी मुद्रा आर्जन हुने गरी निर्यात प्रयोजनमा खर्च गरे सीमा ५ हजार रहने राष्ट्र बैंकको व्यवस्था छ । सेवा खरिदकर्ता (मानौं, बुस्ट गर्न कम्पनी) ले सेवा खरिद गरेर (सामाजिक सञ्जालमा बुस्ट गरेर) जति विदेशी मुद्रा आर्जन गर्छ, सोमा ५ सय डलर बढीको बुस्ट गर्न सक्छ ।

उदाहरणका लागि, ‘क’ नामको कम्पनीले सामाजिक सञ्जालमा बुस्ट गरेर २ हजार डलर कमाएको खातामा देखिन्छ (मनिटाइज भएको सामाजिक सञ्जालबाट भएको आर्जन) भने, उसलाई २००० जोड ५०० अर्थात् २५०० डलरबराबरको बुस्ट गर्ने सुविधा हुन्छ । तर, सो कम्पनीले वर्षमा अधीकतम ५००० डलरको मात्र बुस्ट गर्न सक्छ ।

व्यवस्थामा भनिएको छ, “सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेमा कार्ड प्रयोगकर्ताले विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा भुक्तानीका लागि विदेशी मुद्रा सटहीको वार्षिक सीमा विदेशी मुद्रा आर्जन गरेको रकम र अमेरिकी डलर ५०० को योग बराबर हुनेछ । तर, यस्तो रकम बढीमा वार्षिक अमेरिकी डलर ५,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्ममा मात्र सिमित हुनेछ ।”

नेपाल राष्ट्र बैंकले ५ सयसम्मका वस्तु तथा सेवा अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गरेको हो ।

सो कार्ड मार्फत एक वर्षमा ५ सय डलरसम्मको वस्तु तथा सेवा अनलाइन मार्फत खरिद गर्न सकिनेछ । विशेष गरि अनलाइनबाट समान किन्न र फेसबुक, ट्विटर, युट्युब लगायतका सामाजिक सञ्जाल नेपालबाटै बुस्ट गर्न सकिने भएको हो । ति सञ्जालमार्फत हुने आम्दानी पनि करको दायरामा आउने भएका छन् ।

डलरबाट अनलाइन खरिद र डलर आम्दानीलाई नै औपचारिक च्यानलमा ल्याउन यसले सहयोग गर्ने केन्द्रीय बैंकको ठहर छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्