Shikhar Insurance

चार दिन बढेको नेप्सेमा करेक्सन, अपर तामाकोशी र चन्द्रागिरीमा लगानीकर्ताको आकर्षण

सिंहदरबार संवाददाता
२०७७ चैत्र ९, सोमबार १६:०३
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा सोमबार करेक्सन देखिएको छ । चार दिन उकालो लागे २५ सय अंक पार गरेको नेप्से आज २४ अंकले घटेको हो ।

पाँचौं दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्दा बजारमा ५ अर्ब २५ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भए । आज परिसूचक २४.०८ अंकले ओर्लिएर २५१४.३९ अंकमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बजारमा २ सय ११ कम्पनीका १ करोड ९ लाख ३१ हजार कित्ता सेयर कारोबारमा आए ।

नेप्से घटेका दिन अपर तामाकोशी र चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ । अपर तामाकाशीको मुल्य ६६ रुपैयाँले बढेर प्रतिकित्ता ७ सय २६ रुपैयाँ कायम भएको छ भने चन्द्रागिरी एक कित्तामा १ सय ४२ रुपैयाँ बढ्यो । चन्द्रागिरीको सेयर मूल्य प्रतिकित्ता १५ सय ६३ रुपैयाँ कायम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्