Shikhar Insurance

फिलिपिन्समा ६ महिनामा पर्यटककाे आगमनमा वृद्धि

सिंहदरबार संवाददाता
२०८० असार २६, मंगलवार १७:५५
NIMB
Nabil Bank

मनिला। फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यो वर्षका प्रथम ६ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेका तथ्याङ्कले देखाएको छ ।

फिलिपिन्सको पर्यटन विभागका अनुसार ६ महिनमा कोरियाबाट ६ लाख ७३ हजार ८ सय ४१ पर्यटकको आगमन भएको छभने अमेरिकाबाट ५ लाख १६ हजार ३ सय १८ जना पाहुना आएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अष्ट्रेलियाबाट १ लाख २९ हजार सात सय ५ जना, जापानबाट १ लाख २८ हजार ८१, क्यानडाबाट १ लाख २४ हजार पाँच सय १० र चीनबाट १ लाख १४ हजार ६ सय ६३ जना पर्यटकले फिलिपिन्स भ्रमण गरेका विभागले जनाएको छ ।

गत महिना फिलिपिन्स सरकारले विद्युतीय प्रवेशाज्ञा जारी गर्ने घोषणा गरेसँगै पछिल्ला दिनमा पर्यटक आगमनमा वृद्धि भएको छ । हालसम्म २५ लाखभन्दा बढी विदेशी पर्यटकलाई फिलिपिन्समा स्वागत गरिएको प्रतिनिधिसभाका सदस्य एवम् पर्यटन समितिका उपाध्यक्ष मार्भिन रिलोले बताएका छन् । सिन्ह्वा

GBIME

प्रतिक्रिया दिनुहोस्