Shikhar Insurance

अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन सबै दल एक हुनैपर्छः कांग्रेस नेता भण्डारी

सिंहदरबार संवाददाता
२०८० श्रावण १७, बुधबार १५:४९
NIMB
Nabil Bank

लेखनाथ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद शङ्कर भण्डारीले देशको वर्तमान अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन राजनीतिक दलहरुको साझा प्रयास आवश्यक भएको बताएका छन्।

पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उनले भने, “देशको अर्थतन्त्र नाजुक अवस्थामा छ, कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको छ, ठेकेदारलाई ८० अर्ब दिन बाँकी छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर देशको अर्थतन्त्र सुधार गर्नुपर्छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

देश बनाउने कुरामा पार्टी संविधान संशोधन गरेर भए पनि एक हुनुपर्ने भनाइ उनको छ । राजनीतिक दलका नेता आफ्नो पार्टीको मूल बाटो छाडेर निजी स्वार्थ र भ्रष्टाचारमा लाग्दा जनताको आकर्षण राजनीतिप्रति शून्य प्रायः नै भएकाले अब राजनीतिक दल नयाँ ढङ्गबाट अगाडि बढ्नुको विकल्प नरहेको भनाइ उनको थियो ।

“देश बचाउने कुरामा पार्टीहरु संविधान संशोधन गरेर भए पनि एक हुनैपर्छ”, उनले भने, “राष्ट्रिय स्वाधीनताप्रति दलहरु विचलित हुनुहुदैन् ।” समाजवाद उन्मुख अर्थनीति अगालेका नेपालका नेता आफ्नो स्वार्थपूर्तिमा मात्र लागेपछि नेपाली जनताले कसरी विकास र समृद्धिको आशा गर्ने ? उनले प्रश्न थियो । राजनीतिक सङ्कटका बेला दलहरुकै नेताबाट आपाराधिक क्रियाकलाप र भ्रष्टाचारका घटना बाहिर आउँदा जनतामा झनै बढी राजनीतिक वितृष्णा जागेको उनले बताए।

नयाँ गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि कुनै शक्ति केन्द्रबाट चलेको छ भन्ने कुरा केही समयपछि जनताले नै स्पष्ट रुपमा थाहा पाउने भनाइ उनको छ ।

नेपाललाई धर्म निरपेक्षता राष्ट्र घोषणा गर्दादेखि नै नेपाल कमजोर भएको र देशप्रतिको स्वाधिनता हराउँदै गएको जिकिर गर्दै उनले संविधान संशोधन गरेर भए पनि देशलाई सनातन वैदिक हिन्दू राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्