Shikhar Insurance

आइफिल टावरमा बम विस्फाेटको चेतावनीपछि दुई घण्टा सेवा अवरूद्ध

सिंहदरबार संवाददाता
२०८० श्रावण २८, आईतवार १२:०७
NIMB
Nabil Bank

पेरिस । फ्रान्सको सबैभन्दा प्रसिद्धस्थल आइफिल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनी पछि पेरिसमा रहेको उक्त स्थान केही समयका लागि खाली गर्नुपरेको छ ।

प्रहरी स्रोतले शनिबार फ्रान्सेली दैनिक समाचारपत्र ‘ले पेरिसियन’लाई दिएको जानकारीअनुसार आइफिल टावरमा यो हप्ता धेरै आगन्तुकहरूको अपेक्षा गरिएको छ र उनीहरूको सुरक्षाका लागि टावर खाली गर्नु ‘सावधानी’ को उत्तम उपाय थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

टावरको सबै स्थानमा परीक्षण गरेपछि करिब १०ः०० बजे बन्द भएको टावरलाई करिब दुई घण्टापछि खतराको चेतावनी अन्त्य गर्दै सबैका लागि पुनः आवागमन खोलिएको थियो ।

सेवा पुनः सञ्चालनमा आएपछि उक्त स्थानमा व्यापक प्रहरी बललाई तैनाथ गरी सबैलाई निर्भीक तरिकाले अवलोकन गर्ने वातावरण बनाइएको थियो ।

यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि प्रहरीलाई बेनामी फोन गरेर टावरमा खतरा रहेको चेतावनी दिएपछि खाली गराइएको ‘ले पेरिसियन’ले जनाएको छ । एएपफी

GBIME

प्रतिक्रिया दिनुहोस्