Shikhar Insurance

८ बिमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय, एसियनलाई ४२%, अरूलाई कति ?

सिंहदरबार संवाददाता
२०८० भाद्र ७, बिहीबार २०:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बिमा प्राधिकरणले ८ वटा बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ । प्राधिकरणको गत साता बसेको सञ्चालक समितिको बैठकले ४ वटा जीवन र ४ वटा निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको हो ।

प्राधिकरणले एशियन लाइफ इन्स्योरेन्स कम्पनीलाई सबै भन्दा धेरै ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ । हाल एशियन लाइफको चुक्ता पुँजी ३ अर्ब १५ करोड ४३ लाख ५ सय १७ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणले ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई २० प्रतिशत हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ ।

४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रुपैयाँ चुक्ता पुँजी रहेको सुर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ ।

प्रभु महालक्ष्मी लाइफले भने १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ । हाल प्रभु महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ ।

प्राधिकरणबाट युनाइटेड अजोड इन्स्योरेन्सले ३२ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

नेको इन्स्योरेन्स र सानिमा जिआईसीले २५/२५ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् । हाल नेकोको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६१ हजार रुपैयाँ छ भने सानिमा जिआईसीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले १२ प्रतिशत हकप्रद ल्याउन अनुमती पाएको छ । हाल यो कम्पनीको चुक्ता पुजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ६ सय ६४ रुपैयाँ रहेको छ ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई २०८० असार मसान्त भित्र जीवन बीमा कम्पनीहरुका हकमा ५ अर्ब र निर्जीबन बीमा कम्पनीहरुका हकमा २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्