Shikhar Insurance

एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत सम्मको छुट

सिंहदरबार संवाददाता
२०८० भाद्र १२, मंगलवार १६:२८
NIMB
Nabil Bank

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृष्य रिसोर्ट धुलिखेल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुले रिसोर्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्घारा उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले समेत सो विशेष छुटको लाभ लिन सक्नेछन् । समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उपे्रती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी श्री सौजन्य के.सीको समेत उपस्थिति रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको  बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन् । देशैभरि छरिएर रहेको  १ सय २७ शाखा, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १ सय ६२ एटिएम रहेको छ भने मोबाइल इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्