Shikhar Insurance

मोबाइल नम्बर मार्फत पैसा पठाउने सजिलो तरिकाः फोन पे डिरेक्टः पैसा पठाऔँ ठाँउको ठाँउ

सिंहदरबार संवाददाता
२०८० भाद्र १२, मंगलवार १८:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले फोन पेले डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाँउ’ नामक अभियानको घोषणा गरेको छ । जसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरुलाई सचेत गराउनु रहेको छ । मोबाइल नम्बर भए पुग्छ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो मोबाइलबाट पैसाको आदानप्रदान गर्दा उक्त कारोबार छिटो र सुरक्षित रहने कुरामा विशेष प्राथमिक्ता दिएको देखिन्छ ।

यस अभियानको मुख्य उद्देश्य ग्राहकहरुलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छछ भन्ने बारे शिक्षित गर्नु हो । जसमा मोबाइल नम्बार, खाता नम्बार र व्यक्तिगत क्युआर जस्ता तरिकाहरु रहेका छन् । त्यसकै फलस्वरुप नेपालका बिभिन्न बैंकहरुमा फोन पेले ग्राहकहरुलाई फोन पे डिरेक्ट सम्बन्धि चेतना प्रदान गर्दै बिभिन्न चेतनामुलक कार्यक्रमहरु पनि संचालन गरेको देखिएको छ । जसबाट चौतर्फी एकीकृत मार्केटिङको राम्रो उदाहरण झल्किएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

भदौ महिना भरि चलिरहेको अभियानमा सहभागिता जनाउन ग्राहकहरुले फोन पे को फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नुपर्ने सर्त लागु गरिएको छ । यस अभियानमा दुई भाग्यशाली विजेताहरुलाई आई फोन १४ प्रो को मेगा उपहारबाट पुरस्कृत गरिनेछ भने, अन्य भाग्यशाली विजेताहरुलाई साप्ताहिक रुपमा अन्य उपहारद्वारा पुरस्कृत गरिनेछ ।

फोन पेका चिफ स्ट्राटेजी अफसिर सुवोध शर्माका अनुसार सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रधान गर्दै व्यक्ती र व्यवसायहरुलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोन पे सदैव प्रतिवद्ध छ । ‘पैसा पठाउँ ठाउँको ठाउँ अभियानको एक उदाहरण हो । पोन पे डिरेक्टद्धारा पैसा अदान प्रदान गर्ने तरिकालाई सधैको लागि परिवर्तन गर्दैर्छौ । फोन पे ले सधै आफ्ना ग्राहकहरुको कारोबारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पाइन्छ र यहि अनुरुप सुरक्षीत कारोबारलाई सुनिश्रित गर्न भुक्तानीका समस्त सुविधाहरुमा प्रमाणिकरण प्रोटोकलहरु समावेश छन् ।’, शर्माले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्