Shikhar Insurance

८ सयले बढ्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०८० भाद्र १३, बुधबार ११:२६
NIMB
Nabil Bank

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार ७ सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला ८ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौ सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सय ५० थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर एक हजार चार सय ८५ तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्