Shikhar Insurance

इन्टरनेटले बालबालिका यौनदुर्व्यवहारमा

सिंहदरबार संवाददाता
२०८० भाद्र १३, बुधबार १५:२६
NIMB
Nabil Bank

काठमाडौं । सूचना प्रविधिको प्रयोगका कारणले बालबालिका यौनदुव्र्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बाल आवाजले यहाँ सार्वजनिक गरेको ‘अनलाइन बाल यौनदुव्र्यवहारको अवस्था तथा नीतिगत विश्लेषणसम्बन्धी अध्ययन’मा इन्टरनेटका कारणले १८ वर्ष मुनिका बालबालिका यौनदुव्र्यवहारमा पर्ने गरेको जनाएको छ ।

महान्याधिवक्ता डा दिनमणि पोखरेलले अनलाइन अपराधले समाजिक मात्र नभइ मनोविज्ञान रुपमा असर पार्ने बताए। उनले पहिले शारिरीक यौनदुव्यहार हुने गरेको अहिले इन्टरनेटका माध्यमबाट पनि यौनदुव्र्यहावरले बालबालिकालाई मनोवैज्ञानिक असर पुर्याउने बताए।

Citizen Life
Kumar Bank
Nepal Life

उनले ऐन निर्माण भएर मात्र नहुने उल्लेख गर्दै कानुनको बारेमा जनचेतना जगाउनु आवश्यक रहेको बताए। महान्याधिवक्ता डा पोखरेलले ‘साइवर क्राइम’का बारेका के कुरा समावेश गर्नुपर्ने हो ति कुरा अध्ययनबाट नै आउनुपर्ने जनाउँदै अध्ययन कानुन निर्माणका लागि कोशेढुङ्गा हुने बताए।

अध्ययनमा सूचना प्रविधिको दुरुपयोगमा अश्लील फोटो माग्ने, असंवेदनशील म्यासेज गर्ने जस्ता कार्य बालबालिकामा आदानप्रदान भएर यौनदुव्र्यहारमा पर्ने गरेको जनाइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले इन्टरनेटका कारणले धेरै बालबालिका यौनदुव्र्यहारमा पर्ने गरेको उल्लेख गर्दै मोबाइलको ‘सेटिङ’मा नै यौनजन्य भिडियो आउने खालका वेबसाइट रोक्नुपर्ने बताए।

लतिलपुरका वरिष्ठ प्रहरी उपरीक्षक सिद्धविक्रम शाहले यौनदुव्र्यहारमा परेका बालबालिकाले उजुरी दिए पनि कहाँबाट यौनदुव्र्यहार भएको भन्ने कुरा थाहा पाउनका लागि साधन स्रोतको अभावले कारबाहीमा ल्याउन समस्या भएको बताए। उनले उजुरी भए पनि बालबालिकाको संरक्षण गर्न समस्या हुने बताए।

उनले बालबालिकालाई यौनसम्बन्धी साइट हेर्नबाट रोक्नका लागि अहिले वाइफाईमा ‘चाइन्ड सेभ मोड’ राखिएको जानकारी दिए। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बालबालिकालाई ल्यापटप, मोबाइल, आइप्याडबाट टाढा राख्नुपर्ने बताए।

कोशी र बागमती प्रदेशका पाँच सय १४ बालबालिकामा गरिएको अध्ययनमा बालबालिकालाई अश्लील फोटो पठाउने र माग्ने, बालबालिकाको फोटो प्रयोग गरेर यौनदुव्र्यहारमा पार्ने जस्ता क्रियाकलाप गरिरहेको उल्लेख गरिएको छ । अध्ययनमा ७३ प्रतिशत बालबालिका वाइफाई, १४ प्रतिशतले मोबाइल डाटा र १३ प्रतिशतले दुवैमार्फत सूचना प्रविधिको प्रयोग गरिरहेको पाइएको बाल आवाजका कार्यकारी निर्देशक कृष्णकुमार थापाले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्