Shikhar Insurance

३ सयले बढ्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०८० भाद्र १४, बिहीबार १२:०४
NIMB
Nabil Bank

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३ सयले बढेको छ । बुधबार तोलाको एक लाख १२ हजार ५ सय रहेको सुनको मूल्य आज प्रतितोला एक लाख १२ हजार ८ सय निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय ५० कायम भएको छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार ९ सय ५० थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ४ सय ८० तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्