Shikhar Insurance

साओमी प्याड ६ सँगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेसन बजारमा

सिंहदरबार संवाददाता
२०८० भाद्र १४, बिहीबार १३:५७
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको साओमी प्याड ६ रिलिज गर्ने भएको छ।

४९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाइ भएको यो प्याड ६ एकदमै हलुका र उपयोगी रहेको कम्पनीको भनाइ छ। साथै, आईपी ५३ रेटेड भएकाले यसले कुनै पनि समस्या बिना केही मात्रामा पानी र धुलो पनि ह्यान्डल गर्न सक्छ।

Citizen Life
Kumar Bank
Nepal Life

इमेल र कल जस्ता कामका लागि प्रयोग गर्न सकिने ट्याब्लेट खोजिरहेका व्यक्तिहरूका लागि साओमी प्याड ६ एउटा कम्प्याक्ट अल–इन– वान सोल्युसन भएको कम्पनीले जनाएको छ । साथै भिडिया हेर्ने वा संगीत सुन्ने जस्ता रमाइलो कुराहरूका लागि पनि शाओमी प्याड ६ प्रयोग गर्न सकिन्छ। साओमीले यस प्याड ६ सँगसँगै साओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेशन पनि रिलिज गर्ने तयारी गरेको छ।

लन्चको बारेमा बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “साओमी प्याड ६ बजार मा ल्याउन पाउँदा हामी उत्सहित छौँ! हामीले सबैको जीवनलाई अझ राम्रो बनाउन सुविधाहरूले भरिपूर्ण डिभाइस ल्याउन कडा मेहनत गरेका छौं। यसको आकर्षक डिजाइन र शक्तिशाली क्षमताहरूका साथ, हामी विश्वस्त छौं कि साओमी प्याड ६ सबैको मनपर्ने नयाँ ग्याजेट हुनेछ।”

GBIME

प्रतिक्रिया दिनुहोस्