Shikhar Insurance

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०८० भाद्र १५, शुक्रबार ११:२२
NIMB
Nabil Bank

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख १२ हजार ५ सय निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन एक लाख १२ हजार दुई सय ५० थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ४ सय ७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्