Shikhar Insurance

प्रभु क्यापिटलको रेर ‘प्रभु बिग सट’ लगानी योजना : यस्ता छन् विशेषता

सिंहदरबार संवाददाता
२०८० आश्विन १९, शुक्रबार १८:०३
NIMB
Nabil Bank

काठमाडौं । प्रभु क्यापिटलले ‘प्रभु बिग सट’ नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ । कम्पनीले पन्ध्रौं साधारण सभाको अवसर पारेर शुक्रबार ‘प्रभु बिग सट’ सार्वजनिक गरेको हो ।

हालको लगानी व्यवस्थापन सेवा साधारण जनतामा केन्द्रित भएकोमा ‘प्रभु बिग सट’ उच्च नेटवर्थ भएका व्यक्ति तथा संस्थामा केन्द्रित भएको क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार उच्च पदस्त व्यक्तिको समय व्यस्तता हुने र लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्यनजर गर्दै सो योजना सुरु गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्ता छन् विशेषता

न्यूनतम लगानीः ५० लाख

न्यूनतम लगानी अवधिः ३ वर्ष

हर्डल रेटः ८ प्रतिशत

वार्षिक व्यवस्थापन शुल्क (एएमसी) १ प्रतिशत

नाफामा लाग्ने शुल्कः १५ प्रतिशत

लगानीकर्ताले ५० लाखबाट यो लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । लगानीकर्ताले ५० लाख रुपैयाँ क्यास, आफ्नो सेयर पोर्टफोलियो अथवा क्यास र सेयर पोर्टफोलियो दुवै गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।

विशेष प्रिमियम प्याकेजअन्तर्गत ग्राहकको एकाघर घर-परिवारका सदस्यलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनामा वार्षिक शुल्क तथा नाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानीसम्बन्धी परामर्श तथा उत्कृष्ट कम्पनीहरुको संस्थापक सेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्