Shikhar Insurance

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्यः दुईवटा विधेयक पारित

सिंहदरबार संवाददाता
२०८० आश्विन २३, मंगलवार १४:३०
NIMB
Nabil Bank

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ । अधिवेशनअन्तर्गतको बैठकबाट मा कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ ।

कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेर लागू भइसकेको छ भने निजामती कर्मचारी विधेयक भने प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बेनको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक थप छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।

सो अधिवेशनमा कुल ३९ बैठक बसेको सभामुख नन्द गुरुङले जानकारी दिनुभयो । अधिवेशन गत जेठ १० गतेदेखि सुरु भएको थियो । कुल ५४ घण्टा बसेको बैठकमा सबैभन्दा लामो २३औँ बैठक तीनघण्टा ३५ मिनेट र सबैभन्दा छोटो ३८औँ बैठक ७ मिनेट २३ सेकेन्डसम्म बसेको थियो । बैठकमा प्रदेशको नीति तथा कार्यक्रम र बजेट पास गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्