Shikhar Insurance

वागेश्वरी मन्दिरमा क्यूआरबाटै भेटी चढाउन मिल्ने, नयाँ नोट छपाई खर्च कटौती गर्छुः गभर्नर

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १७:५१
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्युआर कोड सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालगञ्जस्थित पवित्र वागेश्वरी मन्दिरमा क्यूआर कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वागेश्वरी मन्दिरमा बैंकले सुरु गरेको क्यूआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए । साथै उनले क्यूआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठुलो धनराशी कटौती हुने हुँदा सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने कुरा जानकारी गराए ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतो ले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्यूआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्‍याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्यूआर कोड बारेमा प्रकाश पारे ।

बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यूआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्