Shikhar Insurance

‘आइएमई तथा आइएमई पे’ मा कलाकारहरुको वृहत चासो र संग्लनता

सिंहदरबार संवाददाता
२०८० कार्तिक ३, शुक्रबार १४:४९
NIMB
Nabil Bank

काठमाडौँ । आइएमई तथा आइएमई पेले आइएमई गरौँ ‘करोडपति बनौँ’ योजना सार्वजनिक गरिएको छ । जसमा आइएमई तथा आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा प्रतेक महिना एक जनाले एक लाख रुपैँया प्राप्त गर्ने र बम्परमा एक करोड प्राप्त गर्ने छन्।

आफ्नो स्थापनादेखि नै नेपाली कलाकारिताको लोकप्रिय जोडी अभिनेता दीपकराज गिरि तथा अभिनेत्री दिपाश्री निरौलालाई ब्राण्ड एम्बासडरको रुपमा परिचित गराएको आइएमई तथा आइएमई पे को यस करोडपति योजनामा पनि एम्बासडरदोयको उत्साहपूर्ण साथ तथा समर्थन रहेको छ । साथै योजनाको थप जानकारी हरेक दिन आइएमई तथा आइएमई पे’ को अफिसियल टिकटकको लाइभ मार्फत प्राप्त गर्न सकिने छ । जसमा नेपालको चर्चित कलाकारहरू यसराज गराच, साक्षी लम्साल, प्रणिमा दाहाल तथा छन्दे भनेर चिनिने गोपाल ढकाल ब्राण्ड इन्फ्लुअसर् को रुपमा उत्साहपूर्ण संग्लनता देख्न सकिने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यससँगै नेपालको पुरानो तथा लोकप्रिय गायक आनन्द कार्की पनि आइएमई तथा आइएमई पे’मा जोडिएका छन् भने नेपालकी चर्चित अभिनेत्री वर्षा राउतलाई पनि आइएमई तथा आइएमई पे’ द्वारा प्रबर्दित भिडियोमा देख्न सकिने छ । ूआइएमई पेू ओटीटी प्याटफम कान्तिपुर सिनेमास्सको एकमात्र एक्सक्लुसिव पेमेन्ट पार्टनरपनि रहेको छ।

खेल तथा खेलाडीसँग पहिले देखिनै सहकार्य गर्दै आइरहेको आइएमई तथा आइएमई पे’ मा हाल कलाकारहरुको पनि वृहत संग्लनताले जनताको विश्वासलाई अझै माथि पुर्याएको छ ।

आइएमई रआइएमई पे को बारेमाः

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवाले २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुः ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ । आइएमईले विगत ५ वर्ष देखि आफ्नो डिजिटल कारोबारलाइ नेपाल राष्ट्र बैङ्क मार्फत नेपालको पहिलो भुक्तानी सेवा प्रदायकको रूपमा लाइसेन्स प्राप्त गरि आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट मार्फतबाट डिजिटल रेमिटेन्स सेवा सफलताका साथ सञ्चालन गरिरहेको छ।

सेवाग्राहीले विश्वको जुनसुकै देशबाट आइएमई गरी पठाएको पैसा सजिलै आफ्नो मोबाइलको आइएमई पे एपमा प्राप्त गर्न सक्नेछन् । आइएमई पे ले बैङ्किङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैङ्किङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरण तथा डिजिटल नेपालको अभियानमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्