Shikhar Insurance

नेपाल बैंकको सिईओ बन्न १९ जनाको आवेदन, यी हुन दौडका खेलाडी

सिंहदरबार संवाददाता
२०८० कार्तिक १२, आईतवार १८:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकको सिईओका लागि १९ जनाको आवेदन परेको छ ।

श्रोतका अनुसार अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसि, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यले आवेदन दिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

छनौट समितिले प्रारम्भिक सूची छनौट गरि अन्तरवार्ताका लागि बोलाउने छ ।  नेपाल बैंकले २१ दिनको म्याद तोकेर सीईओका लागि आवेदन माग गरेको थियो ।

उम्मेदवारहरुलााई पाँच हजार शब्दमा नबढ्ने गरि व्यवसायीक कार्ययोजना पेश गर्न भनिएको थियो । छनौट समितिले ६० प्रतिशत भन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुमध्ये सबै भन्दा धेरै अंक ल्याउने पाँच जनालाई सर्ट लिस्टिङ गरि अन्तरवार्ताका लागि बोलाउनेछ । पाँच जनामध्ये उच्च अंक प्राप्त गर्ने तीन जनाको नाम सीईओ नियुक्तीका लागि सञ्चालक समितिमा पेश हुनेछ । तिनै तीन जनामध्येबाट सञ्चालक समितिले एक जनालाई सीईओ नियुक्त गर्नुपर्नेछ ।

नयाँ सीईओको काँधमा अघिल्ला सीईओ कृष्ण अधिकारीले बिगारेको बैंकको छवि र वित्तिय स्वास्थ्य सुधार गर्दै अब्बल, प्रतिष्पर्धी तथा उचित प्रतिफल दिन सक्ने व्यवसायीक रुपले सबल बैंक बनाउनुपर्ने जिम्मेवारी हुनेछ । नेपालको पहिलो बैंकका रुपमा रहेको नेपाल बैंकमा नेपाल सरकारको ५१ प्रतिशत सेयर स्वाामित्व रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्