Shikhar Insurance

वाणिज्य बैंकहरुको नाफामा दोहोरो अंकको गिरावट, १४ अर्ब ७५ करोडमा खुम्चियो

सिंहदरबार संवाददाता
२०८० कार्तिक १७, शुक्रबार ०९:०२
NIMB
Nabil Bank

काठमाडौं । २० वटै वाणिज्य बैंकहरुले पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका छन् । अर्थतन्त्र बिग्रिएको भाष्यका बिच १२ वटा वाणिज्य बैंकहरु नाफा बढाउन असफल देखिएका छन् भने ८ वटाको नाफामा सामान्य वृद्धि भएको छ । अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका २० वाणिज्य बैंकहरुको कुल नाफा पनि गत आवको सोही अवधीको तुलनामा घटेको देखिन्छ ।

२०७९ असोज मसान्तसम्ममा १६ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका बैंकहरुको नाफा यसपाली घटेर १४ अर्ब ७५ करोड रुपैयाँमा खुम्चिएको छ । जुन गत आवको तुलनामा एक अर्ब ७२ करोड अर्थात १०.४४ प्रतिशतले कम हो । असोज मसान्त अवधीमा ग्लोबल आईएमई, प्रभु, प्राइम, एनएमबि, माछापुच्छ्रे, हिमालयन, स्ट्याण्डर्ड चाटर्ड र नेपाल इन्भेष्टमेन्ट मेगाको मात्रै नाफा वृद्धि भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ग्लोबल आइएमईको नाफा एक अर्ब १८ करोडबाट बढेर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ । प्रभु बैंकले आफ्नो नाफा ७० करोडबाट वृद्धि गरेर एक अर्ब ३ करोड पुर्याएको छ । प्राइम बैंकको नाफा भने उल्लेख्य मात्रामा सुधार हुँदै ८७ करोडबाट एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ । एनएमबि बैंकले पनि ९० करोडबाट आफ्नो नाफालाई ९६ करोड बनाउन सफल भएको देखिन्छ ।

माछापुच्छ्रे बैंकले २०७९ असोज मसान्तमा जम्मा ४५ करोड नाफा कमाएको थियो तर यसापाली २०८० असोज मसान्तमा भने त्यस्तो नाफा ५४ करोड पुर्याएको छ । हिमालयन बैंकको नाफा पनि ५३ करोडबाट बढेर एक अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि एक अर्ब १४ करोडबाट बढेर एक अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ । स्ट्याण्डर्ड चाटर्डले २०७९ असोजमा ८१ करोड रहेको नाफालाई यसपाली ८२ करोड बनाएको छ ।

घट्नेहरुको लर्काे
पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार कृषि विकास बैंकको नाफा ८८ करोड रुपैयाँले ऋणात्मक रहेको छ । अन्य ११ वटा वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको देखिन्छ । नबिल बैंकको नाफा यसपाली एक अर्ब ५७ करोड रुपैयाबाट घटेर एक अर्ब ४६ करोड रुपैयाँमा सिमित भएको छ ।

सिद्धार्थ बैंकको नाफा पनि ४९ करोडबाट ४२ करोडमा झरेको छ । एनआईसी एशिया बैंकको नाफा एक अर्ब ७५ करोडबाट घटेर एक अर्ब १० करोडमा सिमित भएको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको नाफा पनि ६२ करोडबाट घटेर ४७ करोडमा खुम्चिएको छ । सानिमा बैंकको नाफा ५४ करोडबाट घटेर ४८ करोडमा सिमित भएको छ ।

नेपाल बैंक पनि ठूलो मात्रामा नाफा घट्नेहरुको सूचिमा अग्रपंक्तिमै देखिन्छ । यो बैंकको नाफा ६० करोडबाट एकै पटक १४ करोडमा सिमित भएको छ । सिटिजन्स बैंकको नाफा पनि ५० करोडबाट झरेर ४० करोडमा खुम्चिएको देखिन्छ । एभरेष्ट बैंकको नाफा यसपाली ८६ करोडबाट ७८ करोडमा झरेको छ ।

लक्ष्मी सनराईजले २०८० असोज मसान्त अवधीमा जम्मा १० करोड मात्रै नाफा कमाएको छ, जुन २०७९ असोजमा ५० करोड रुपैयाँ थियो । कुमारी बैंकले २०७९ असोज मसान्तमा एक अर्ब रुपैयाँ नाफा जोडेको थियो भने २०८० असोज मसान्तमा त्यस्तो नाफा २६ करोडमा रोकिएको छ ।

पूर्णतः सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकको नाफा पनि उल्लेख्य मात्रामा घटेको छ । २०७९ असोज मसान्तसम्मा एक अर्ब २४ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले २०८० असोज मसान्तसम्ममा भने ८५ करोड रुपैयाँमै चित्त बुझाउनु परेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्