Shikhar Insurance

नेपाल बैंकको नाफा १३ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा डेढ अर्ब

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार ०७:३२
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल बैंकले २ अर्ब रूपैयाँ बढी खुद मुनाफा गरेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४७ करोड ४६ लाख रूपैयाँ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा बढेका कारण खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २१ करोडबाट बढेर ४ अर्ब ७१ करोड पुगेको छ । खुद फि तथा कमिसन आम्दानी ५० करोड ५२ लाखबाट बढेर ५९ करोड २६ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा २९.७६ प्रतिशतले बढेको हो ।

बैंकले हालसम्म १ खर्ब ५१ अर्ब ६० करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब २७ अर्ब ९२ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य घटेर २.२९ प्रतिशत पुगेको छ ।

यस्तो छ प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 151600836

कर्जा : 127929821

खुद नाफा : 2262277

वितरणयोग्य मुनाफा : 1474652

खुद ब्याज आम्दानी : 4714068

सञ्चालन मुनाफा : 3439366

प्रतिसेयर आम्दानी : Rs. 23.87

नेटवर्थ : Rs. 270.22

कोषको लागत : Rs. 3.42

खराब कर्जा : 2.29 %

आधार ब्याजदर : 5.98 %

स्प्रेड दर : 4.37 %

GBIME

प्रतिक्रिया दिनुहोस्