Shikhar Insurance

मास्क नलगाइ हिँड्नेबाट सरकारले उठायो साढे ३ लाख राजस्व

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार १४:०९
NIMB
Nabil Bank

धनुषा। विश्वव्यापी महामारीको रुपमा फैलिएको (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान शुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म तीन लाख ५२ हजार ४ सय रूपैयाँ सङ्कलन गरिसकेको छ । नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम ३ हजार ५ सय २४ जनालाई कारवाही गरी हालसम्म उक्त रकम राजश्व सङ्कलन गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

कार्यक्रमको शुरुवाती यही वैशाख १ गतेदेखि ४ गतेसम्म ४ सय ७० पटक व्यापक मात्रामा प्रचारप्रसार, माइकिङ, जिङ्गलसमेत बजाई सचेतना गराइएको प्रहरीले वैशाख ४ गतेबाट ११ गतेसम्म क्रमशः तीन घण्टा होल्डिङ गरी ४४ हजार ४ सय ५१ जनालाई सम्झाएर छाडिएको जनाइएको छ । त्यसैगरी १६ हजार ९६९ व्यक्तिलाई होल्डिङ्ग गरी मास्क वितरण गरी छाडिएको र हालसम्म तीन हजार ५२४ जनालाई सङ्क्रामक रोग निवारण ऐन बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्रतिव्यक्ति रू १०० का दरले जरिवाना गरी राजश्व सङ्कलन गरिएको प्रहरी उपरीक्षक प्रसाईँले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्