Shikhar Insurance

अनिल ज्ञवाली बने सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालक

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार १२:२०
NIMB
Nabil Bank

काठमाडौं । बैंकर अनिल ज्ञवाली सिटिजन्स बैंक इन्टरनेशनलको सञ्चालक नियुक्त भएका छन् । जेठ ३ गते बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो । उनले असार १ गतेदेखि सञ्चालकको जिम्मेवारी सम्हाल्नेछन् ।

सुदेश खालीङले राजीनामा गरेपछि बैंकले सोही रिक्त सञ्चालक पदमा ज्ञवालीलाई नियुक्त गरेको हो । उनी यस अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा सिईओ थिए । उनले नविल बैंक र ग्लोबल आइएमई बैंकको सिईओको जिम्मेवारी पुरा गरिसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्