Shikhar Insurance

‘जथाभावी बोलेर बजारलाई प्रभावित पार्ने ठूला लगानीकर्ताहरु कारवाहीका भागिदार हुन्’

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ९, आईतवार १३:०५
NIMB
Nabil Bank

नेपाल धितोपत्र बोर्ड पुँजी बजारको दिगो विकासका काममा केन्द्रिछ । बजारको स्थायीत्व हाम्रो चाहना हो । त्यसलाई व्यवस्थित गर्न कानुनमा भएका व्यवस्थाहरुलाई थप कडाईका साथ कार्यान्वयन गर्ने र नयाँ व्यवस्था आवश्यक भएमा त्यसका लागि थप प्रयास गर्ने काम हामी गरिरहेका छौं । बोर्डले केहि दिन अघि एउटा सर्कुलर जारी गरेर बजारलाई अनावश्यक प्रभावित पार्ने गरि अभिव्यक्ति नदिन लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर लगायतलाई निर्देशन दिएको छ ।

त्यसबारे केहि भ्रमहरु पनि फैलाउने प्रयास भएको मैले देखेको छु । बोर्डले पत्रकार र सञ्चार माध्यमलाई कारवाही गर्ने भनेको छैन् । सेयर बजारलाई प्रत्यक्ष असर गर्ने नियतसहितका समाचार प्रकाशन तथा प्रशारण नगरि दिन अनुरोध मात्रै गरेका हौं ।

Citizen Life
Kumar Bank
Nepal Life

सञ्चार माध्यमहरुले यो कम्पनीको सेयर किन्नु, यो कम्पनीको नकिन्नु, फलानो कम्पनीको सेयर भाउ बढ्दैछ, फलानाको घट्दैछ भनेर प्रचार नगरिदिनु भन्ने हाम्रो अनुरोध हो । सञ्चार माध्यमलाई कारवाही गर्ने हाम्रो योजना पनि होइन र त्यो हाम्रो क्षेत्राधिकार भित्र पनि पर्दैन् । हामी सञ्चार माध्यमसँग सौहार्दपूर्ण सम्बन्ध चाहान्छौं । सञ्चार जगतसँगको सहकार्यले पुँजी बजारको दीगो विकासमा योगदान चाहान्छौं ।

तर सञ्चार माध्यमहरुलाई प्रयोग गरेर केहि व्यक्तिहरुले यो यो सेयर किन्नु, यो यो राख्नु, यो चाँही बेचिहाल्नु भनेर गलत सन्देश फैलाए । जुन कुराले लगानीकर्ताहरुमा गलत सूचना दिन्छ, कुनै कम्पनीको सेयर मूल्य बढाउन वा घटाउन भूमिका खेल्छ, त्यस्ता कुराहरु सम्प्रेषण नगरिदिए हुन्थ्यो भन्ने मनसाय हो ।

जहाँसम्म हाम्रो क्षेत्राधिकार पर्छ, त्यहाँ हामीले कडाई गर्छाै नै । केहि ठूला लगानीकर्ताहरुले आफ्नो स्वार्थ पूर्ति गर्न यो यो किन्नु, यो यो बेच्नु भन्छन् । अनि साना लगानीकर्तालाई डुबाएर आफ्नो दुनो सोझ्याउँछन् । यसले साना लगानीकर्तालाई मारमा पारेको छ । ठूला लगानीकर्ताले बजारलाई यसरी गलत ढंगले डोर्याउनु हुन्न र हामी त्यस्तो गर्न दिँदैनौं ।

सबै लगानीकर्ताहरुलाई परिस्थितिको विश्लेषण गरेर लगानी दिनुपर्छ । घरखेत बेचेर लगानी गर्न आउने लगानीकर्ताहरुलाई ठूला र पुराना लगानीकर्ताहरुले हावा कुरा गरेर गलत निर्णय लिन बाध्य पार्नु गलत हो । यसलाई निरुत्साहित गरिनुपर्छ । यस्ता मान्छेहरु कारवाहीका भागीदार हुन्छन् ।

अहिले कानुनमा लेखिएको कुरा जानकारी गराएका छौं, अब पनि नटेरे, जथाभावी बोले कारवाही हुन्छ । कानुन राजमा कानुन मान्दिन भन्न पाइँदैन् । (नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग गरिएको कुराकानीमा आधारित)

 

GBIME

प्रतिक्रिया दिनुहोस्