Shikhar Insurance

अन्ततः सर्वाेच्च अदालतले नै जोगाईदियो एमाले, २०७५ जेठ २ अघिकै संरचनामा फर्कन आदेश

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २७, बिहीबार २०:३८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा विभाजन गराईदिएको सर्वाेच्च अदालतले नेकपा(एमाले) भने एक बनाईदिएको छ । सर्वाेच्च अदालतले केपी ओली पक्षले बनाएको महाधिवेशन आयोजक कमिटीलाई अबैध ठहर्याउँदै एमालेलाई २०७५ जेठ २ अघि कै संरचनामा फर्काउन आदेश दिएको हो ।

सर्वाेच्चको यो आदेशसँगै अब केपी ओली अध्यक्ष र झनाथ खनाल तथा माधव नेपाल बरिष्ठ नेता तथा पदाधिकारीहरुसहितको पुरानै एमाले कायम भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रकाश ज्वालासहित चार जनालाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वाेच्चमा मुद्धा परेको थियो । सो मुद्धामा आन्तरिम आदेश दिँदै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीको रुपमा बैधानिकता नदिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्