Shikhar Insurance

बाबा ग्यास उद्योगमा खोला पस्यो, सिलिन्डर बगाएर सौराहासम्म पुगे

सिंहदरबार संवाददाता
२०७८ असार १७, बिहीबार १४:४५
NIMB
Nabil Bank

चितवन । खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्‍याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्‍याएको हो ।

उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर बगाएका छन् । उनले भने, “यहाँका सिलिण्डर बगाएर सौराहा सम्म पुगेका छन् ।”वाढीले उद्योगको संरचनामा नोक्सान पुर्‍याएको छ । उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहन्छ ।
के कति सिलिण्डर बगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए । स्थानीय खोलाहरु बढेर पुलहरु उच्च जोखिममा रहेको उनले बताए । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोक डुवानमा परेको छ । कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको उनले बताए । लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले बगाएको छ । लोथर र राप्ती खोलासमेत बढ्दै गएको भन्दै उहाँले सौराहा पनि डुवानको खतरामा रहेको जानकारी दिए ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्