Shikhar Insurance

बिपी राजमार्ग एकतर्फी सञ्चालन

सिंहदरबार संवाददाता
२०७८ असार २०, आईतवार ११:४१
NIMB
Nabil Bank

काभ्रे । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो । प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासिन्दाको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार सडक अवरुद्ध भएपछि सवारी साधनको जाम र अलपत्र परेका यात्रुलाई गन्तव्यतर्फ पु¥याउन प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा एकतर्फी सञ्चालनमा ल्याइएको हो । सडक अवरुद्ध भएपछि शुक्रबार राति १२ बजेदेखि ठप्प भएको सवारी साधन दिउँसो २ः३० बजेदेखि चल्न थालेको प्रहरी निरीक्षक खड्काले बताए । ‘रातिदेखि नै बाढीका कारण सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा प्रहरी चौकी नेपालथोकबाट खटिएको प्रहरी टोली, रोशी गाउँपालिका र सडक आयोजनाको सक्रियतामा सडक खुलाउने काम भएको छ”, उनले भने , “खोलामा अझै बाढी आइरहेका कारण डोजरको प्रयोग गरेर एकतर्फी भए पनि अहिलेका लागि सडक खुलाइएको हो ।” सडक अवरुद्ध भएपछि रामेछाप, सिन्धुलीलगायत पूर्वी तराईबाट काठमाडौँ आउने सवारी साधन खुर्कोटमा र काठमाडौँबाट जाने सवारी साधनलाई काभ्रेभञ्ज्याङमा नै रोकिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका कर्मचारी चन्द्रबहादुर लामाले बाढीले राजमार्ग अवरुद्ध भएपछि सडक आयोजनाले दुई वटा जेसिबी र एउटा लोडर प्रयोग गरेर सडकमा थुप्रेको लेदो हटाएर यातायात सञ्चालनमा ल्याएको बताए । अहिले पनि खोलामा बाढी आइरहेका कारण जेसिबी परिचालन गरिरहेको उनले बताए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्