Shikhar Insurance

१ हजार रुपैयाँमा राजधानीमै टु-वे जिपलाइन ! (तस्बिरहरू)

सिंहदरबार संवाददाता
२०७८ आश्विन ४, सोमबार ०९:०८
NIMB
Nabil Bank

ललितपुर। बन्जी, जीपलाइनलगायत साहसिक खेलमा आम सर्वसाधारणको आकर्षण बढ्दो छ । तर राजधानीवासीलाई यी खेलको अनुभव लिन केही टाढा गएर महंगो शुल्क तिर्नुपर्ने बाध्यता छ । त्यहाँ पुगेर पनि केही सय मिटर लामो एकतर्फी मात्र जिपलाइन चढ्न पाइन्छ । जिपलाइनका लागि धुलिखेल वा पोखरा सम्म नै पुग्नुपर्ने स्थिति रहेकामा अबदेखि त्यस्तो बाध्यता हटेको छ ।

वाइल्ड वन्डर्स नेपाल प्रालिले ललतिपुरको गोदावरी नजिकै साहसिक पर्यटकीय खेल जिपलाइन सञ्चालनमा ल्याएको हो । ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ‘टु वे जिपलाईन’ सञ्चालनमा ल्याएका हुन् । जिपलाइन उपत्यकामा व्यस्त जिवन व्यत्तित गर्नेलाई प्राकृतिक स्वच्छताको अवलोकन गराउँदै पर्यावरण र प्रकृतिको संरक्षण गर्ने लक्ष्यका साथ शुरु गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

गोदावारीको टु वे जिपलाइन एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटरको छ । सञ्चालक श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरका आन्तरिक पर्यटकलाई लक्षित गरी जिपलाइन शुरु गरिएको बताए । टु वे जिपलाइनको शुल्क १ हजार रुपैयाँ तोकिएको छ । १२ वर्ष मुनिका बालबालिकाका लागि ३ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

१२ जनाको समुह जिपलाइन अनुभव गर्न आए २ जनाले छुट पाउनेछन् । जिपलाइनले ६ हजार किलोसम्मको भार थेग्छ । जिपलाइन गर्ने खेलाडीको ७ लाख रुपैयाँसम्मको यात्रु बीमा गरिएको छ ।

श्रेष्ठले सस्तोमा जिपलाइन अनुभव गर्न मिल्ने वातावरण मिलाएका हुन् । उनले यसअघि चितवन र बुटवलमा पनि जिपलाइन सञ्चालनमा ल्याएका छन् । यसैगरी भक्तपुर र दमौलीमा जिपलाइन सञ्चालनको तयारीमा उनी छन् । गोदावरीको जिपलाइन निर्माण गर्न श्रेष्ठले ५० लाख रुपैयाँ लगानी गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्