Shikhar Insurance

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौंडा रिसोर्टमा छुट

सिंहदरबार संवाददाता
२०७९ असार १, बुधबार १८:०४
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले रिगल हेटौंडा रिसोर्टमा छुट पाउने भएका छन् । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक र हेटौडा ५ स्थित रिगल हेटौंडा रिसोर्ट.बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले रिसोर्टका सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभि चिप बेसिड ट्रभल कार्ड, इ कर्र्मस् कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेसिड ट्रभल कार्ड, इ कर्र्मस् कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्