Shikhar Insurance

मनि सप्लाई कम भएर ब्याजदर बढ्ने मौद्रिक नीति आयो

सिंहदरबार संवाददाता
२०७९ श्रावण ६, शुक्रबार १८:२९
NIMB
Nabil Bank

मौद्रिक नीतिले ब्याजदरमा उद्योगहरुका लागि केहि सहुलियतहरु दिएको छ । तर यो मौद्रिक नीतिले मनी सप्लाईलाई कम गर्छ, ब्याजदर पनि बढाउँछ । मूल्य वृद्धिलाई पनि बढाउँछ नै ।
हामीले कोरोनाले थला परेका उद्योगहरुलाई दुई वर्षसम्म वाचलिस्टमा नराख्न माग गरेका थियौं । पुनकर्जाको विषय पनि थप संकुचित बनाईएको छ । त्यसले पनि नगद प्रवाहलाई घटाउने नै भयो । सीआरआर, एसएलआर सबै वृद्धि गरिएको छ । यो मौद्रिक नीतिले माग पक्षलाई पनि खुम्च्याउँछ ।

औद्योगीकरणका लागि केहि सकारात्मक नीति आएको छ । सोचे जस्तो पोजिटिभ मौद्रिक नीति आएन् । नगद प्रवाह घटाउने, माग पनि घटाउने र अनि मूल्य वृद्धि गराउने खालको मौद्रिक नीति आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्