Shikhar Insurance

७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ श्रावण २०, शुक्रबार ११:४०
NIMB
Nabil Bank

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ७ सय रुपैयाँले बढेको जनाएको छ । शुक्रबार छापावल सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन प्रतिताला ९६ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरि तेजावी सुन पनि ७ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँम कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य तोक्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्