Shikhar Insurance

निर्वाचनपछि बन्ने संसदले एमसीसी पास गर्छः अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार १९:३१
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी निर्वाचनपछि बन्ने संसदले एमसीसी पास गर्ने बताएका छन् । अर्थमन्त्रालयमा चालु आर्थिक वर्षको बजेटको अर्थ बार्षिक समिक्षामा बोल्दै उनले बैशाख १७ र २७ गते हुने निर्वाचनबाट बन्ने नयाँ संसदले एमसीसीबारे निर्णय गर्ने बताएका हुन् ।

यद्यपी सरकारले अमेरिकी सहयोग परियोजना एमसीसीको विद्युतिय प्रशारण लाइन क्षेत्रका बासिन्दालाई मुआब्जा दिन दुई अर्ब रुपैयाँ पठाईसकेको जानकारी भने दिए । नुवाकोटको रातोमाटे क्षेत्रका स्थानीयलाई मुआब्जा वितरणका लागि दुई अर्ब उनले रुपैयाँ पठाइएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“एमसीसी परियोजनामा मुआब्जा वितरणका लागि नेपाल सरकारले दुइ अर्ब रुपैयाँ पठाएको छ, नुवाकोट रातोमाटे क्षेत्रका स्थानीयलाई त्यस्तो मुआब्जा दिइनेछ,” अर्थमन्त्री विष्णु पौडेलले भने ।

कार्यक्रममा अर्थ सचिव शिशिर ढुंगानाले एमसीसी सम्बन्धी पुर्व प्रतिवद्धतामा नेपाल सरकार अडिक रहेको बताए । सरकारले यस अघि गरेका प्रतिवद्धता अनुसार नै एमसीसी परियोजना अघि बढ्ने उनले स्पष्ट पारे ।

GBIME

प्रतिक्रिया दिनुहोस्